फिफा महिला वरीयतामा नेपाल एक स्थान तल झर्‍याे

काठमाडौं, २९ जेष्ठ : फिफा वरीयतामा नेपाली महिला फुटबल टोली एक स्थान तल झरेको छ । विश्व फुटबलको सर्वाेच्च निकाय फिफाले आज सार्वजनिक गरेको नयाँ वरीयताअनुसार नेपाल एक स्थान तल झरेर १००औं स्थानमा पुगेको छ । यसअघि नेपाल ९९औं स्थानमा थियो ।

नेपालले पछिल्लो पटक थाइल्यान्डसँग दुई वटा मैत्रीपूर्ण फुटबल खेलेकोमा दुई वटैमा हार बेहोरको थियो । फिफा महिला वरीयतामा अमेरिका शीर्ष, स्पेन दोस्रो र जर्मनी तेस्रो स्थानमा यथावत् छन् । यस्तै ब्राजिल चार स्थान सुधार गरेर चौथौ स्थानमा आइपुग्दा इङ्ग्ल्यान्ड एक स्थान तल झरेर पाँचौं स्थानमा पुगेको छ । फिफा पुरुष वरीयतामा नेपाल १७५औं स्थानमा छ ।

संबन्धित शिर्षकहरु

भूकम्पपछि भेनेजुएलामा मानवीय सङ्कट गहिरिँदै गएको राष्ट्रसंघको भनाइ

अल्जेरियालाई हराउँदै स्विट्जरल्यान्ड विश्वकपको अन्तिम १६ मा

क्रोएसियालाई हराउँदै पोर्चुगल विश्वकपको अन्तिम १६ मा