संवैधानिक आयोगका ५२ पदाधिकारी नियुक्तिबारे आज फैसला सुनाउने सर्वोच्चको तयारी

काठमाडौं,, १८ असार : संवैधानिक आयोगका ५२ जना पदाधिकारीको नियुक्तिको विषयमा सर्वोच्च अदालतले आज फैसला सुनाउँदैछ । साढे चार वर्षदेखि विचाराधीन संवैधानिक आयोगका ५२ पदाधिकारीको नियुक्तिबारे सर्वोच्चले आज निर्णय गर्न लागेको हो ।

यसअघि जेठ २८ गते नै निर्णय सुनाउने भनिएकोमा आजको लागि सारिएको थियो । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेको बेला संसदीय सुनुवाइ विना ५२ संवैधानिक निकायहरुमा पदाधिकारीहरु नियुक्त गरेपछि त्यसलाई बदरको माग गर्दै सर्वोच्च अदालतमा १५ वटा रिट निवेदन परेका थिए ।

ती रिटमाथि गएको माघदेखि नियमित सुनुवाइ भइरहेको छ । यो रिटको सुनुवाई गर्न गठन भएको संवैधानिक इजलासमा प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, न्यायाधीशहरू सपना प्रधान मल्ल, मनोजकुमार शर्मा, कुमार चुडाल र नहकुल सुवेदी छन् ।

संबन्धित शिर्षकहरु

भूकम्पपछि भेनेजुएलामा मानवीय सङ्कट गहिरिँदै गएको राष्ट्रसंघको भनाइ

अल्जेरियालाई हराउँदै स्विट्जरल्यान्ड विश्वकपको अन्तिम १६ मा

क्रोएसियालाई हराउँदै पोर्चुगल विश्वकपको अन्तिम १६ मा