अमेरिकाले यूक्रेनमा गर्दै आएको हतियार आपूर्ति रोक्यो

काठमाडौं, १८ असार :  अमेरिका र रुसबीच चलिरहेको युद्धको बीचमा अमेरिकाले यूक्रेनलाई दिइने केही हतियार सहायता रोकेको छ । व्हाइट हाउसकी प्रवक्ता एना केलीले यो निर्णय अमेरिकी राष्ट्रिय हितलाई प्राथमिकता दिने उद्देश्यले गरिएको बताउनुभएको बीबीसीले जनाएको छ ।

अमेरिकी रक्षा विभागले अरू देशहरूलाई दिइने सैन्य सहायता र सहकार्यको समीक्षा गरेपछि पछिल्लो कदम चालिएको भनेको छ । सन् २०२२ को फेब्रुअरीमा रुसले यूक्रेनमाथि आक्रमण गरेपछि अमेरिका यूक्रेनलाई अर्बौं डलर बराबरको सैन्य सहायता दिँदै आएको छ । तर पछिल्लो समयमा ट्रम्प प्रशासनभित्र केही अधिकारीहरूले अमेरिकी सैन्य भण्डारण कमजोर हुँदै गएको भन्दै चिन्ता व्यक्त गर्दै आएका थिए ।

यूक्रेनी सरकारले अहिलेसम्म यसबारे कुनै प्रतिक्रिया दिएको छैन । रोकिने हतियारहरूमा वायु रक्षा मिसाइल र छोटो दूरीका पनि समावेश छन् । यसअघि, गएको महिना नेटो शिखर सम्मेलनका क्रममा यूक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड टम्पसँग भेटवार्ता गर्नुभएको थियो ।

संबन्धित शिर्षकहरु

भूकम्पपछि भेनेजुएलामा मानवीय सङ्कट गहिरिँदै गएको राष्ट्रसंघको भनाइ

अल्जेरियालाई हराउँदै स्विट्जरल्यान्ड विश्वकपको अन्तिम १६ मा

क्रोएसियालाई हराउँदै पोर्चुगल विश्वकपको अन्तिम १६ मा