भारत र बङ्गलादेशबीच अर्को महिना हुने भनिएको क्रिकेट शृङ्खला स्थगित

काठमाडौं, २२ असार : भारत र बङ्गलादेशबीच अर्को महिना हुने भनिएको क्रिकेट शृङ्खला स्थगित भएको छ । ह्वाइट बल शृङ्खला अर्थात् एकदिवसीय र टी–२० श्रृङ्खलाका खेल सन् २०२६ सम्मका लागि स्थगित गर्न दुवै देशका राष्ट्रिय क्रिकेट बोर्ड सहमत भएका छन् ।

यसअघि ढाकामा अगस्ट १७ तारिखदेखि तीन एकदिवसीय र तीन टी–२० शृङ्खला हुने तय थियो । बङ्गलादेशमा गएको वर्ष भएको आन्दोलनले तत्कालीन प्रधानमन्त्री शेख हसिनालाई सत्ताच्यूत गरेपछि भारत र बङ्गलादेशबीचको राजनीतिक सम्बन्धमा केहि चिसोपना छ ।

बङ्गलादेश क्रिकेट बोर्ड (बीसीबी) र भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले यी शृङ्खलालाई सार्न सहमति जनाएको विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।

संबन्धित शिर्षकहरु

आज सुनचाँदीको भाउ बढ्यो

वर्षा, हावाहुरी र चट्याङको जोखिम रहेकाले सावधानी अपनाउन प्राधिकरणको आग्रह

शान्ति प्रक्रियामा महिलाको अर्थपूर्ण सहभागिता अनिवार्यः संयुक्त राष्ट्रसंघ महासचिव गुटेरेस