फिफा क्लब विश्वकपको सेमिफाइनल समिकरण पूरा

काठमाडौं, २२ असार : एएफसी महिला एशियन कप सन् २०२६ को छनोटअन्तर्गत निर्णायक खेलमा नेपाल उज्वेकिस्तानसँग पराजित भएको छ । उज्वेकिस्तानको तास्केन्तमा गएराति भएको खेलमा नेपाल उज्वेकिस्तानसँग पेनाल्टी सुटआउटमा पराजित भएको हो ।

योसँगै नेपाल सन् २०२६ मा अष्ट्रेलियामा हुने महिला एशियन कप खेल्न नपाउने भएको छ । निर्धारित समयमा ३–३ गोलको बराबरी भयो । नेपालले गरेका तीन वटै गोल कप्तान सावित्रा भण्डारी ‘साम्बा’ले गरेकी हुन् ।

उज्वेकिस्तानकी खबीबुल्लाएभा, कराचिक र शोयिमोभाले समान एक गोल गरे । निर्धारित समयमा बराबरी भएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो । पेनाल्टी सुटआउटमा नेपाल उज्वेकिस्तानसँग ४–२ गोलले पराजित भयो । योसँगै उज्वेकिस्तान २२ वर्षपछि एएफसी एशियन कप खेल्ने भएको छ ।

संबन्धित शिर्षकहरु

आज पनि सुनको भाउ घट्यो

पर्सि देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना : बढ्दो गर्मीबाट केही राहत पुग्ने

इबोला भाइरसविरुद्धको खोप विकास गरेको रुसको दाबी