सुनको भाउ तोलामा एक हजार एक सय रुपैयाँले बढ्यो

काठमाडौं, २९ असार : सुनको भाउ आज एक हजार एक सय रुपैयाँले बढेको छ । सुनकाे भाउ एक हजार एक सय रुपैयाँले बढेर ताेलाकाे एक लाख ९२ हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

अस्ति शुक्रवार सुनको भाउ तोलाको एक लाख ९१ हजार आठ सय रुपैयाँ रहेकाे थियो । त्यस्तै आज चाँदीको भाउ पनि बढेको छ । चाँदीकाे भाउ ६५ रुपैयाँले बढेर ताेलाकाे दुई हजार दुई सय ८५ रुपैयाँमा काराेबार भइरहेकाे महासङ्घले जनाएको छ ।

अस्ति चाँदीको भाउ तोलाको दुई हजार दुई सय २० रुपैयाँ रहेकाे थियो । सुनचाँदी व्यवसायीहरूको आन्दोलनका कारण बन्द रहेका सुन पसल सरकारसँग सहमति भएपछि अस्ति शुक्रवार आठ दिनपछि खुल्न थालेका हुन् ।

संबन्धित शिर्षकहरु

भूकम्पपछि भेनेजुएलामा मानवीय सङ्कट गहिरिँदै गएको राष्ट्रसंघको भनाइ

अल्जेरियालाई हराउँदै स्विट्जरल्यान्ड विश्वकपको अन्तिम १६ मा

क्रोएसियालाई हराउँदै पोर्चुगल विश्वकपको अन्तिम १६ मा