आज कोशी र सुदूरपश्चिम प्रदेशमा ठूलो पानी पर्ने सम्भावना

काठमाडौं, २१ साउन : आज कोशी र सुदूरपश्चिम प्रदेशमा ठूलो पानी पर्ने सक्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले पनि मधेश प्रदेशका एक/दुई ठाउँमा तथा बाँकी प्रदेशका थोरै ठाउँमा मध्ययम वर्षा भइरहेको छ ।

गएराति पनि कोशी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा ठूलो पानी परेको थियो । आज कोशीका एक/दुई ठाउँ र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा ठूलो वर्षाको सम्भावना रहेको मौसमविद् गोविन्द झाले जानकारी दिनुभयो । आज दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत कोशी प्रदेशको पहाडी भागका केही ठाउँमा तथा बाँकी भागका थोरै ठाउँमा मध्यम वर्षाको सम्भावना छ ।

आज राति देशभर साधरणतया मौसम बदली रहनेछ । राति कोशी र मधेश प्रदेशका केही ठाउँमा, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै ठाउँमा तथा बाँकी प्रदेशका एक/दुई ठाउँमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । ठूलो वर्षाको सम्भावना रहेका ठाउँमा आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध छ ।

संबन्धित शिर्षकहरु

भूकम्पपछि भेनेजुएलामा मानवीय सङ्कट गहिरिँदै गएको राष्ट्रसंघको भनाइ

अल्जेरियालाई हराउँदै स्विट्जरल्यान्ड विश्वकपको अन्तिम १६ मा

क्रोएसियालाई हराउँदै पोर्चुगल विश्वकपको अन्तिम १६ मा