शेयर बजार दोहोरो अङ्कले बढ्याे

काठमाडौं, २२ साउन : आज शेयर बजार दोहोरो अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज १८ दशमलव ३० अङ्कले बढेर दुई हजार आठ सय ५० दशमलव ३७ विन्दुमा पुगेको छ । आज सबै उपसमूहको शेयर बढेर बजार हरियाली भएकोमा फाइनान्स, उत्पादन र अन्य समूहमा एक प्रतिशत भन्दा बढीको वृद्धि भएको छ ।

आज सिकलेस जलविद्युत् आयोजना र बरुण जलविद्युत् आयोजनाको शेयर ९ प्रतिशत भन्दा धेरैले बढेको छ । समग्रमा बजार बढेको दिन आज उन्नती सहकार्य लघुवित्तको शेयर भने ८ प्रतिशत भन्दा धेरैले घटेको छ । आज नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । हिजो सात अर्ब ६३ करोड रुपैयाँको शेयर किनबेच भएकोमा आज आठ अर्ब ५३ करोड रुपैयाँको कारोबार भएको छ ।

संबन्धित शिर्षकहरु

भूकम्पपछि भेनेजुएलामा मानवीय सङ्कट गहिरिँदै गएको राष्ट्रसंघको भनाइ

अल्जेरियालाई हराउँदै स्विट्जरल्यान्ड विश्वकपको अन्तिम १६ मा

क्रोएसियालाई हराउँदै पोर्चुगल विश्वकपको अन्तिम १६ मा