बङ्गलादेशसँगको मैत्रीपूर्ण फुटबलका लागि प्रारम्भिक नेपाली टोली घोषणा

काठमाडौं, २८ साउन : बङ्गलादेशसँगको मैत्रीपूर्ण फुटबल खेलका लागि ३० सदस्यीय प्रारम्भिक नेपाली टोली घोषणा भएको छ । मुख्य प्रशिक्षक म्याट रसले आउँदो भदौ २१ गते र २४ गते हुने दुई वटा मैत्रीपूर्ण खेलका लागि आज प्रारम्भिक टोलीको घोषणा गरेका हुन् ।

खेल दशरथ रङ्गशालामा हुनेछ । प्रारम्भिक टोलीमा पर्ने खेलाडीहरूमा अभिषेक लिम्बु, आदित्य शाक्य, अमृत श्रेष्ठ, अमित लामा, अनन्त तामाङ, अञ्जल श्रेष्ठ, अन्जन विष्ट रहेका छन् ।

त्यसैगरी भरत खवास, दीप कार्की, किरण चेमजोङ, मनिस डाँगीलगायतका खेलाडी प्रारम्भिक टोलीमा परेका अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले जनाएको छ ।

संबन्धित शिर्षकहरु

भूकम्पपछि भेनेजुएलामा मानवीय सङ्कट गहिरिँदै गएको राष्ट्रसंघको भनाइ

अल्जेरियालाई हराउँदै स्विट्जरल्यान्ड विश्वकपको अन्तिम १६ मा

क्रोएसियालाई हराउँदै पोर्चुगल विश्वकपको अन्तिम १६ मा