दक्षिण कोरियामा पहिलो पटक पूर्वराष्ट्रपति दम्पती एकै समयमा जेलमा

काठमाडौं, २८ साउन : दक्षिण कोरियाकी पूर्व प्रथम महिला किम गन हीलाई अदालतको आदेशपछि पक्राउ गरिएको छ । शेयर बजारमा अनुचित प्रभाव पारेको, चुनावमा हस्तक्षेप गरेको र घुस लिएको आरोपमा अदालतले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । तर चार घण्टा लामो सुनुवाइका क्रममा ५२ वर्षीया किम गन हीले सबै आरोपहरू अस्वीकार गरिन् ।

अघिल्लो महिना उनका श्रीमान् युन सुक येओललाई पक्राउ गरिएको थियो । यसरी एकै समयमा जेलमा हुने उनीहरू पहिलो पूर्वराष्ट्रपति दम्पती बनेको बीबीसीले जनाएको छ । गएको वर्ष भएको असफल मार्शल कानूनको आरोपमा युन सुक येओललाई अघिल्लो महिना दोस्रो पटक पक्राउ गरिएको थियो ।

दक्षिण कोरियामा पूर्वराष्ट्रपतिहरू मुद्दा र जेलमा पर्ने गरेका घटना भए पनि पहिलो पटक पूर्वराष्ट्रपति र पूर्व प्रथम महिला एकै समयमा जेलमा छन् ।

संबन्धित शिर्षकहरु

भूकम्पपछि भेनेजुएलामा मानवीय सङ्कट गहिरिँदै गएको राष्ट्रसंघको भनाइ

अल्जेरियालाई हराउँदै स्विट्जरल्यान्ड विश्वकपको अन्तिम १६ मा

क्रोएसियालाई हराउँदै पोर्चुगल विश्वकपको अन्तिम १६ मा