युक्रेनी राष्ट्रपतिसँगको भेटअघि अमेरिकी राष्ट्रपति ट्रम्पको कडा सन्देश

President Donald Trump

काठमाडौं, २ भाद्र : युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलिन्स्की निर्णायक वार्ताका लागि अमेरिकाको राजधानी वाशिङ्टन पुग्नुभएको छ । उहाँले युरोपेली नेतासहित ह्वाइट हाउसमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटघाट गर्ने कार्यक्रम छ ।

आजको भेटलाई रुससँगको युद्ध अन्त्य गर्ने प्रयासको रूपमा हेरिएको बीबीसीले जनाएको छ । तर भेटघाट हुनुअघि नै ट्रम्पले आफ्नो ‘ट्रुथ सोसल’ मार्फत कठोर सन्देश पठाउँदै युक्रेनलाई नाटोमा प्रवेश दिने कुरा नभएको र २०१४ मा रुसले कब्जा गरेको क्राइमिया फिर्ता नहुने बताउनु भएको छ । जेलिन्स्कीको यसअघि गएको फेव्ररीमा भएको ‘तनावपूर्ण’ भएको थियो ।

यसपटक उहाँ युरोपेली नेताहरूसँगै उपस्थित हुँदै हुनुहुन्छ । विश्लेषकहरूले यसलाई ‘एकीकृत यूरोपको शक्तिशाली सन्देश’ भनेका खबरमा उल्लेख छ । आजको भेटघाटले युद्धविराम र सम्भावित शान्ति सम्झौताको दिशाबारे महत्वपूर्ण सङ्केत दिने अपेक्षा गरिएको छ । -रासस

संबन्धित शिर्षकहरु

भूकम्पपछि भेनेजुएलामा मानवीय सङ्कट गहिरिँदै गएको राष्ट्रसंघको भनाइ

अल्जेरियालाई हराउँदै स्विट्जरल्यान्ड विश्वकपको अन्तिम १६ मा

क्रोएसियालाई हराउँदै पोर्चुगल विश्वकपको अन्तिम १६ मा