शेयर बजार ५३ अङ्कले बढेर २ हजार ८ सय १९ विन्दुमा, साढे ७ अर्बभन्दा धेरैकाे काराेबार

काठमाडौं, ११ भाद्र : शेयर बजार आज उच्च अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ५३ दशमलव ०१ अङ्कले बढेर २ हजार ८ सय १९ दशमलव १० विन्दुमा पुगेको छ ।

आज सबै समूहको शेयर बढेकोमा विकास बैंक समूहको शेयर ३ दशमलव ४० प्रतिशत तथा उत्पादन र व्यापार समूहको शेयर साढे २ प्रतिशतभन्दा धेरैले उकालो लागेको छ । आज विकाश हाइड्रोपावर कम्पनीको शेयर १० प्रतिशतले बढेको छ ।

बजार उच्च अङ्कले बढेको दिन कुमारी बैंकको डिबेन्चर २०८६ भने सबैभन्दा धेरै ५ दशमलव ७९ प्रतिशतले घटेको छ । आज नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । हिजो ४ अर्ब १८ करोडको कारोबार भएकोमा आज ३ सय २१ वटा कम्पनीका १ करोड ४९ लाख कित्ता शेयर ७ अर्ब ६८ करोड रुपैयाँमा किनबेच भएको छ ।

संबन्धित शिर्षकहरु

भूकम्पपछि भेनेजुएलामा मानवीय सङ्कट गहिरिँदै गएको राष्ट्रसंघको भनाइ

अल्जेरियालाई हराउँदै स्विट्जरल्यान्ड विश्वकपको अन्तिम १६ मा

क्रोएसियालाई हराउँदै पोर्चुगल विश्वकपको अन्तिम १६ मा