सुनको भाउमा कीर्तिमान, तोलाको २ लाख नाघ्यो

काठमाडौं, १३ भाद्र : आज सुनको भाउले कीर्तिमान बनाएको छ । सुनको भाउ आज एकैदिन एक हजार दुई सय रुपैयाँले बढेर तोलाको दुई लाख छ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुनको भाउ एक लाख ९९ हजार चार सय रुपैयाँ कायम भइ कीर्तिमान बनाएको थियो । यस्तै आज चाँदीको भाउ पनि बढेको छ । चाँदी पाँच रुपैयाँले बढेर तीन सय ६० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ दुई हजार तीन सय ५५ रुपैयाँ थियो ।

संबन्धित शिर्षकहरु

भूकम्पपछि भेनेजुएलामा मानवीय सङ्कट गहिरिँदै गएको राष्ट्रसंघको भनाइ

अल्जेरियालाई हराउँदै स्विट्जरल्यान्ड विश्वकपको अन्तिम १६ मा

क्रोएसियालाई हराउँदै पोर्चुगल विश्वकपको अन्तिम १६ मा