महान्यायाधिवक्ता भण्डारीले लिइन् शपथ

काठमाडौं, ३० भाद्र : महान्यायधिवक्ता सविता भण्डारी बरालले पद तथा गोपनीयताको शपथ ग्रहण लिनुभएकाे छ । प्रधानन्याधीश प्रकाशमानसिंह राउतले सोमबार आयोजित एक कार्यक्रमबीच बराललाई शपथ ग्रहण गराउनुभएको हो ।

शपथग्रहण कार्यक्रममा न्यायधीश सपना प्रधान मल्ल लगायतको उपस्थिति रहेकाे थियो । प्रधानमन्त्री सुशीला कार्कीले भण्डारीलाई महान्यायाधिवक्ता नियुक्त गर्न आइतबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्नुभएको थियो ।

प्रधानमन्त्री कार्कीको सिफारिसमा राष्ट्रपति पौडेलले बराललाई नियुक्त गर्नुभएको थियो ।

संबन्धित शिर्षकहरु

भूकम्पपछि भेनेजुएलामा मानवीय सङ्कट गहिरिँदै गएको राष्ट्रसंघको भनाइ

अल्जेरियालाई हराउँदै स्विट्जरल्यान्ड विश्वकपको अन्तिम १६ मा

क्रोएसियालाई हराउँदै पोर्चुगल विश्वकपको अन्तिम १६ मा