ईयू वा नेटो राष्ट्रमा आक्रमण गर्ने मनसाय छैन : रुसी विदेश मन्त्री सर्गेई

काठमाडौं, १२ असोज : रुसी विदेश मन्त्री सर्गेई लाव्रोभले एटलान्टिक सन्धि सङ्गठन–नेटो र युरोपेली सङ्घ–ईयू राष्ट्रमा आक्रमण गर्ने रुसको कुनै मनसाय नरहेको बताउनुभएको छ । संयुक्त राष्ट्र महासभामा बोल्दै उहाँले पश्चिमा देशबाट रुसविरुद्ध धम्की दिनेक्रम भने बढ्दो रहेको उल्लेख गर्नुभएको छ । रुसी विदेश मन्त्री लाव्रोभले रुसमाथि कुनै आक्रमण भए प्रतिक्रिया दिने चेतावनी पनि दिनुभएको छ ।

नेटो र ईयूलाई उहाँले आक्रमण गर्ने योजना नरहेको तर अनावश्यक दबाब भएमा आफूहरुले उचित कदम चाल्ने चेतावनी दिएको बीबीसीले जनाएको छ । मन्त्री लाव्रोभले हालै युरोपमा भएका ड्रोन तथा हवाई आक्रमणका घटनामा रुसको संलग्नतालाई अस्वीकार गर्नुभएको छ । तर रुसले युक्रेनमा निरन्तर आक्रमण गरिरहेको छ ।

महासभामा मन्त्री लाव्रोभले इजरायललाई पनि लक्षित गरी २०२३ को अक्टोबर ७ मा हमासद्वारा गरिएको आक्रमणको निन्दा गरे पनि गाजामा प्यालेस्टिनीको हत्या वा पश्चिमी किनार कब्जा गर्ने योजनाको कुनै औचित्य नभएको बताउनुभएको छ ।

संबन्धित शिर्षकहरु

भूकम्पपछि भेनेजुएलामा मानवीय सङ्कट गहिरिँदै गएको राष्ट्रसंघको भनाइ

अल्जेरियालाई हराउँदै स्विट्जरल्यान्ड विश्वकपको अन्तिम १६ मा

क्रोएसियालाई हराउँदै पोर्चुगल विश्वकपको अन्तिम १६ मा