आज कोशी र बागमतीका एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना

काठमाडौं, १२ असोज : आज कोशी र बागमती प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्न सक्ने सम्भावना छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशको पहाडी भागमा मौसम साधारणतया बदली रहने छ । बाँकी भागमा आंशिक बदली हुनेछ ।

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भागका केही ठाउँ तथा अन्य प्रदेशका पहाडी र तराई भागका एक/दुई ठाउँमा मध्यम वर्षाको सम्भावना छ । कोशी र बागमती प्रदेशको पहाडी एक/दुई ठाउँमा ठूलो पानी पर्न सक्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । अहिले देशभर मनसुनी वायुको प्रभाव कमजोर छ । त्यस्तै स्थानीय वायुको आंशिक प्रभाव छ ।

आज राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही ठाउँ तथा देशका बाँकी भागका एक/दुई ठाउँमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

संबन्धित शिर्षकहरु

आज सुनचाँदीको भाउ बढ्यो

वर्षा, हावाहुरी र चट्याङको जोखिम रहेकाले सावधानी अपनाउन प्राधिकरणको आग्रह

शान्ति प्रक्रियामा महिलाको अर्थपूर्ण सहभागिता अनिवार्यः संयुक्त राष्ट्रसंघ महासचिव गुटेरेस