नेपाल एशियन कपबाट बाहिरियो, भियतनामसँग १ गोलले पराजित

काठमाडौं, २९ असोज : आउँदो वर्ष साउदी अरबमा आयोजना हुने एएफसी एशियन कपमा छनोट हुन नेपाल असफल भएको छ । भियतनाको थोङ न्हाट खेल मैदानमा गएराति भएको तेस्रो चरणको आफ्नो चौँथो खेलमा भियतनामसँग नेपाल १–० गोलअन्तरले पराजित भएको हो ।

नेपालका सुमन श्रेष्ठले पहिलो हाफको पाँचौ मिनेटमा गरेको आत्मघाती गोल नै भियतनामका लागि निर्णायक बन्यो । नेपाल भियतनामसँग पराजित भएसँगै दुई खेलअगावै छनोटबाट बाहिरिएको छ ।

यसअघि भियतनामसँग नेपाल ३–१ ले पराजित भएको थियो । त्यस्तै मलेसियासँग २–० ले र लाओससँग २–१ ले पराजित भएको थियो । नेपाल अङ्कविहीन हुँदै अङ्क तालिकाको अन्तिम स्थानमा छ । अब नेपालले मलेसिया र लाओससँग होम म्याच खेल्न बाँकी छ ।

संबन्धित शिर्षकहरु

भूकम्पपछि भेनेजुएलामा मानवीय सङ्कट गहिरिँदै गएको राष्ट्रसंघको भनाइ

अल्जेरियालाई हराउँदै स्विट्जरल्यान्ड विश्वकपको अन्तिम १६ मा

क्रोएसियालाई हराउँदै पोर्चुगल विश्वकपको अन्तिम १६ मा