मेडागास्करमा जेन–जी आन्दोलनपछि राष्ट्रपतिले देश छाडे

काठमाडौं, २९ असोज : जेन–जी आन्दोलनका कारण अफ्रिकी देश मेडागास्करका राष्ट्रपति एन्ड्री राजोएलिनाले देश छाड्नुभएको छ । संसदमा विपक्षी नेता साइटेनी रान्ड्रियानासोलोनियाइकोले सेनाका एकाइहरू नै प्रदर्शनकारीतर्फ सामेल भएपछि राष्ट्रपति राजोएलिनाले देश छोड्नुपरेको बताउनुभएको छ ।

अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले राष्ट्रपतिले देश छाडेको तर उहाँ कहाँ हुनुहुन्छ भन्ने स्पष्ट नरहेको जनाएको छ । मेडागास्करको राष्ट्रपति कार्यालयका कर्मचारीले पनि राष्ट्रपतिले देश छोडेको पुष्टि गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा राष्ट्रपति राजोएलिनाले आफ्नो जीवन बचाउन सुरक्षित ठाउँमा सर्नुपरेको बताउनुभएको छ ।

संबन्धित शिर्षकहरु

भूकम्पपछि भेनेजुएलामा मानवीय सङ्कट गहिरिँदै गएको राष्ट्रसंघको भनाइ

अल्जेरियालाई हराउँदै स्विट्जरल्यान्ड विश्वकपको अन्तिम १६ मा

क्रोएसियालाई हराउँदै पोर्चुगल विश्वकपको अन्तिम १६ मा