काठमाडौं, २९ असोज : सुनको भाउ अहिलेसम्मकै उच्च भएको छ । आज सुनको भाउ तोलामा चार सय रुपैयाँले बढेर तोलाको दुई लाख ४८ हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
हिजो सुनको भाउ तोलाको दुई लाख ४८ हजार पाँच सय रुपैयाँ थियो । आज चाँदीको भाउ भने घटेको छ । आज चाँदी तोलामा ८५ रुपैयाँले घटेर तोलाको तीन हजार दुई सय ४० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको तीन हजार तीन सय २५ रुपैयाँ थियो ।





