चितवनमा दाना उद्योगको पर्खाल भत्किँदा ३ जना मजदूरको ज्यान गयो, २ जना घाइते

चितवन, २९ असोज : चितवनमा दाना उद्योगको पर्खाल भत्किँदा तीन जनाको ज्यान गएको छ । यस्तै दुई जना घाइते भएका छन् । रत्ननगर नगरपालिका वडा नम्बर १२ शान्तिकुञ्ज टोलमा रहेको किसान दाना उद्योगको पर्खाल भत्किँदा उद्योगमा काम गर्ने मजदूरहरूको ज्यान गएको हो ।

ज्यान गुमाउनेमा चितवनको खैरहनी नगरपालिका वडा नम्बर २ का ४५ वर्षीय शुकराम दराई, गोरखा घर भई रत्ननगर–१२ बस्ने ५४ वर्षीय रेशम दराई र रत्ननगर–१२ बस्ने ४५ वर्षीय कमल गुरुङ रहेका जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक (डीएसपी) रविन्द्र खानलले जानकारी दिनुभयो ।

यस्तै पर्सा घर भई रत्ननगर–१२ बस्ने ३९ वर्षीय जीतेन्द्र महत्तो र ४० वर्षीय अङ्कजप्रसाद थारु घाइते भएका र उनीहरू दुवैको चितवन मेडिकल कलेजमा उपचार भइरहेको खनालले बताउनुभयो ।

संबन्धित शिर्षकहरु

आज पनि सुनको भाउ घट्यो

पर्सि देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना : बढ्दो गर्मीबाट केही राहत पुग्ने

इबोला भाइरसविरुद्धको खोप विकास गरेको रुसको दाबी