शेयर बजार २ हजार ५ सय ५ विन्दुमा झर्‍याे, काराेबार रकम ३ अर्ब १० कराेड रुपैयाँमा सीमित

काठमाडौं, २९ असोज : शेयर बजार लगातार दोस्रो दिन घटेको छ । शेयर बजार परिसूचक नेप्से आज २२ दशमलव ५८ अङ्कले घटेर २ हजार ५ सय ५ दशमलव ५८ विन्दुमा झरेको छ । हिजो नेप्से १९ अङ्कले घटेको थियो ।

आज म्युचल फन्ड बाहेक सबै समूहको शेयर घटेकोमा व्यापार समूहको शेयर २ प्रतिशतभन्दा धेरैले ओरालो लागेको छ । आज २ सय ६ वटा कम्पनीका शेयर घटेकोमा ४० वटाको बढेको छ । यस्तै ५ वटा कम्पनीको शेयर घटबढ भएको छैन । आज समाज लघुवित्त र विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको शेयर १० प्रतिशतले घटेको छ ।

समग्रमा बजार घटेको दिन समता घरेलु लघुवित्त कम्पनीको शेयर भने झन्डै ७ प्रतिशतले बढेको छ । आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । हिजो ३ अर्ब ३६ करोडको कारोबार भएकोमा आज ३ सय १८ वटा कम्पनीका ७६ लाख ११ हजार कित्ता शेयर ३ अर्ब १० करोड रुपैयाँमा कारोबार भएको छ ।

संबन्धित शिर्षकहरु

भूकम्पपछि भेनेजुएलामा मानवीय सङ्कट गहिरिँदै गएको राष्ट्रसंघको भनाइ

अल्जेरियालाई हराउँदै स्विट्जरल्यान्ड विश्वकपको अन्तिम १६ मा

क्रोएसियालाई हराउँदै पोर्चुगल विश्वकपको अन्तिम १६ मा