सुनकाे भाउ एकैदिन ७ हजार १ सय रुपैयाँले बढ्याे, ताेलाकाे २ लाख ५८ हजार

काठमाडौं, ३१ असोज : सुनको भाउ अहिलेसम्मकै उच्च भएको छ । आज सुनको भाउ एकैदिन सात हजार एक सय रुपैयाँले बढेर तोलाको दुई लाख ५८ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुनको भाउ तोलाको दुई लाख ५० हजार नौ सय रुपैयाँ रहेको थियो । सुनको भाउ गएको २७ गते सोमवारदेखि लगातार बढिरहेको छ । आज चाँदीको भाउ पनि बढेको छ ।

चाँदीको भाउ आज ७५ रुपैयाँले बढेर तोलाको तीन हजार तीन सय ५० रुपैयाँ पुगेको छ । चाँदीको भाउ पनि अहिलेसम्मकै उच्च विन्दुमा पुगेको हो । हिजो चाँदीको भाउ तोलाको तीन हजार दुई सय ७५ रुपैयाँ रहेको थियो ।

संबन्धित शिर्षकहरु

भूकम्पपछि भेनेजुएलामा मानवीय सङ्कट गहिरिँदै गएको राष्ट्रसंघको भनाइ

अल्जेरियालाई हराउँदै स्विट्जरल्यान्ड विश्वकपको अन्तिम १६ मा

क्रोएसियालाई हराउँदै पोर्चुगल विश्वकपको अन्तिम १६ मा