भारतको बिहार विधानसभा चुनावमा पहिलो चरणको मतदान सम्पन्न

काठमाडौं, २१ कार्तिक : भारतको बिहार राज्यमा भएको विधानसभा चुनावको पहिलो चरणको मतदान सकिएको छ । भारतीय निर्वाचन आयोगका अनुसार विहार राज्यका १८ जिल्लाका एक सय २१ विधानसभा क्षेत्रमा मतदान भएको हो ।

विधानसभा चुनावमा तीन करोड ७५ लाखभन्दा धेरै मतदाता सहभागी भएका बीबीसी हिन्दीले जनाएको छ । बिहार निर्वाचन आयोगका अनुसार राति सवा आठ बजेसम्मको विवरण अनुसार ६४.६६ प्रतिशत मतदान भएको छ ।

यो यसअघिका चुनावको तुलनामा सबैभन्दा धेरै मतदाताको सहभागिता हो । केही साना विवादका घटनाबाहेक धेरै ठाउँमा शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएको खबरमा उल्लेख छ ।

संबन्धित शिर्षकहरु

भूकम्पपछि भेनेजुएलामा मानवीय सङ्कट गहिरिँदै गएको राष्ट्रसंघको भनाइ

अल्जेरियालाई हराउँदै स्विट्जरल्यान्ड विश्वकपको अन्तिम १६ मा

क्रोएसियालाई हराउँदै पोर्चुगल विश्वकपको अन्तिम १६ मा