सुनचाँदीको भाउ सामान्य बढ्यो

काठमाडौं, २१ कार्तिक : सुनचाँदीको भाउ आज सामान्य बढेको छ । सुनको भाउ आज तोलामा ६ सय रुपैयाँले बढेर तोलाको दुई लाख ३८ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुनको भाउ तोलाको दुई लाख ३७ हजार आठ सय रुपैयाँ थियो । यस्तै चाँदीको भाउ पनि केही बढेको छ । आज चाँदीको भाउ तोलाको १० रुपैयाँले बढेर तोलाको तीन हजार २० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको तीन हजार १० रुपैयाँ थियो ।

संबन्धित शिर्षकहरु

भूकम्पपछि भेनेजुएलामा मानवीय सङ्कट गहिरिँदै गएको राष्ट्रसंघको भनाइ

अल्जेरियालाई हराउँदै स्विट्जरल्यान्ड विश्वकपको अन्तिम १६ मा

क्रोएसियालाई हराउँदै पोर्चुगल विश्वकपको अन्तिम १६ मा