फिलिपिन्समा फेरि शक्तिशाली तुफान, १० लाख मानिसलाई सुरक्षित ठाउँमा सारियो

काठमाडौं, २४ कार्तिक : फिलिपिन्समा फेरि सुपर टाइफुन अर्थात स्थानीय भाषामा फुङ–वोङ्ग नामको तुफान आएको छ । गएराति लुजोन द्वीपको अरोरा प्रान्तमा झन्डै एक सय ८५ किलोमिटर प्रतिघण्टाको गतिमा तुफान हावासहित प्रवेश गरेको हो ।

यसअघि झन्डै १० लाख मानिसलाई जोखिम क्षेत्रबाट सुरक्षित ठाउँमा सारिएको छ । तुफानका कारण हिजो मात्रै थप दुई जनाको ज्यान गएको बीबीसीले जनाएको छ । तुफानको प्रभावले अरोरा, बिकल र पोलिल्लो टापुहरूमा भीषण वर्षा र हावाहुरी ल्याएको छ । झन्डै तीन सय उडान र धेरै विमानस्थलहरू बन्द गरिएका छन् ।

लुजोनमा केही क्षेत्रमा दुई सय मिलिमिटर भन्दा धेरै वर्षा भएको छ । जसले ठूलो पहिरो र बाढीको जोखिम बढाएको छ । त्यहाँको सरकारले यसअघि आएको टाइफुन काल्मेगी तुफानले दुई सय जनाभन्दा धेरैको ज्यान लिएपछि देशव्यापी आपतकाल घोषणा गरेको थियो । अहिले फुङ–वोङ्ग कमजोर हुँदै लुजोन पार गर्दै उत्तर ताइवानतर्फ गईरहेको खबरमा उल्लेख छ ।

संबन्धित शिर्षकहरु

आज सुनचाँदीको भाउ बढ्यो

वर्षा, हावाहुरी र चट्याङको जोखिम रहेकाले सावधानी अपनाउन प्राधिकरणको आग्रह

शान्ति प्रक्रियामा महिलाको अर्थपूर्ण सहभागिता अनिवार्यः संयुक्त राष्ट्रसंघ महासचिव गुटेरेस