सुनको भाउ आज २ हजार ९०० रुपैयाँले बढ्यो

काठमाडौं, २४ कार्तिक : सुनको भाउ आज एकैदिन दुई हजार नौ सय रुपैयाँले बढेको छ । सुनको भाउ आज तोलामा दुई हजार नौ सय रुपैयाँले बढेर तोलाको दुई लाख ४१ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुनको भाउ तोलाको दुई लाख ३८ हजार ६ सय रुपैयाँ थियो । यस्तै चाँदीको भाउ पनि आज बढेको छ । आज चाँदी तोलामा ५० रुपैयाँले बढेर तोलाको तीन हजार ६५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको तीन हजार १५ रुपैयाँ थियो ।

संबन्धित शिर्षकहरु

भूकम्पपछि भेनेजुएलामा मानवीय सङ्कट गहिरिँदै गएको राष्ट्रसंघको भनाइ

अल्जेरियालाई हराउँदै स्विट्जरल्यान्ड विश्वकपको अन्तिम १६ मा

क्रोएसियालाई हराउँदै पोर्चुगल विश्वकपको अन्तिम १६ मा