तराई–मधेशमा हुस्सु र कुहिरो केही कम, जाडो उस्तै

काठमाडौं, ७ पौष : तराई–मधेशमा आज हिजो अस्तिको तुलनामा हुस्सु र कुहिरो केही कम लागेको छ । तर चिसो उस्तै छ । देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार देशका तराई भूभागमा तापक्रम हल्का घट्ने तथा हुस्सु र कुहिरोको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा बिहानको समयमा आंशिक प्रभाव पर्न सक्ने देखिन्छ । पश्चिमी वायुको प्रभावले केही दिनयता दिउँसोपख आकाशमा बादल लाग्ने गरेको छ । तर पानी पर्ने सम्भावना भने नरहेको मौसमविदले बताएका छन् ।

मौसमविदका अनुसार पश्चिमी वायुले तराई मधेशमा लागेको हुस्सु हटाउन केही मद्दत गरेको छ । तराई मधेशमा केही दिनयता दिनभरजसो नै हुस्सु र कुहिरो लागेर घाम लाग्न नपाउँदा जाडो बढेको छ ।

पुसको कठ्यांग्रिँदो जाडोले विपन्न नागरिकलाई बढी समस्या भएको छ । हुस्सु र कुहिरोले पारदर्शिता कम हुँदा धनगढी, नेपालगञ्ज, भैरहवा, विराटनगर, चन्द्रगढी, सिमरा लगायतका विमानस्थलमा हवाइ उडान समयमा हुन सकेको छैन ।

संबन्धित शिर्षकहरु

भूकम्पपछि भेनेजुएलामा मानवीय सङ्कट गहिरिँदै गएको राष्ट्रसंघको भनाइ

अल्जेरियालाई हराउँदै स्विट्जरल्यान्ड विश्वकपको अन्तिम १६ मा

क्रोएसियालाई हराउँदै पोर्चुगल विश्वकपको अन्तिम १६ मा