सुनचाँदीको भाउ अहिलेसम्मकै उच्च

काठमाडौं, ७ पौष : सुनचाँदीको भाउ अहिलेसम्मकै उच्च भएको छ । आज सुन तोलामा तीन हजार चार सय रुपैयाँले बढेर तोलाको दुई लाख ६१ हजार सात सय रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुनको भाउ तोलाको २ लाख ५८ हजार तीन सय रुपैयाँ थियो । यसअघि मङ्सिर २९ गते सुनको भाउ २ लाख ६० हजार सात सय रुपैयाँ पुगेको थियो । यस्तै आज चाँदीको भाउ पनि अहिलेसम्मकै उच्च भएको छ ।

चाँदी आज एकैदिन एक सय ३० रुपैयाँले बढेर तोलाको चार हजार दुई सय ३५ रुपैयाँमा कारोवार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको चार हजार एक सय पाँच रुपैयाँ थियो ।

संबन्धित शिर्षकहरु

लगातार ३ दिन घटेकाे शेयर बजार आज सामान्य बढ्याे

राखेपले एन्फामाथिकाे निलम्बन फुकुवा गर्‍याे

बढ्दो बेरुजुप्रति राष्ट्रपतिको चिन्ता, सार्वजनिक निकायलाई जवाफदेही बन्न निर्देशन