पूर्वगृहमन्त्री लेखक जाँचबुझ आयोगमा बयान दिन उपस्थित

काठमाडौं, १४ पौष : नेपाली कांग्रेसका नेता एवम् तत्कालीन गृहमन्त्री रमेश लेखक गएकाे भदौ २३ र २४ गतेको नवयुवा आन्दोलनका क्रममा भएको घटनाको छानबिन गर्न गठित जाँचबुझ आयोगमा बयान दिन उपस्थित हुनुभएको छ ।

आयोगले यसअघि लेखकलाई बयानका लागि बोलाएको थियो । शुरूमा हिजाेका लागि तोकिएको समयमा विशेष कारणले उपस्थित हुन नसकेपछि लेखक आज दिउँसो आयोगमा पुग्नुभएको हो ।

गौरीबहादुर कार्की नेतृत्वको तीन सदस्यीय आयोगले नवयुवा आन्दोलनका क्रममा प्रहरीको अत्यधिक बल प्रयोग, मानवअधिकार उल्लङ्घन र क्षतिको छानबिन गरिरहेको छ । आन्दोलनका बेला लेखक गृहमन्त्री हुनुहुन्थ्यो । शान्ति सुरक्षाको जिम्मेवारी उहाँमाथि नै थियो । आयोगले यसअघि विभिन्न सुरक्षा अधिकारी र कर्मचारीहरूको बयान लिइसकेको छ ।

संबन्धित शिर्षकहरु

आज सुनचाँदीको भाउ बढ्यो

वर्षा, हावाहुरी र चट्याङको जोखिम रहेकाले सावधानी अपनाउन प्राधिकरणको आग्रह

शान्ति प्रक्रियामा महिलाको अर्थपूर्ण सहभागिता अनिवार्यः संयुक्त राष्ट्रसंघ महासचिव गुटेरेस