नेकपाको बैठक पेरिसडाँडामा जारी

काठमाडौं, १४ पौष : प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक उम्मेदवारको बन्दसूचीकाे अन्तिम रुप दिन नेपाली कम्युनिस्ट पार्टी(नेकपा) को बैठक जारी रहेकाे छ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा समानुपातिक उम्मेदवारको बन्दसूचीकाे अन्तिम रुप दिन बैठक हाल जारीरहेको नेता राजेन्द्र पाण्डेले बताउनुभएकाे हाे। उहाँका अनुसार बैठकमा १६ वटा कम्युनिस्ट पार्टीका प्रमुख नेता सहझागी भएका छन् ।

बैठकको निर्णयसहित उम्मेदवारको बन्दसूची लिएर नेता पाण्डे लगायत नेताहरू निर्वचन आयोगको कार्यालय जाने भएका छन् । आगामी फागुन २१ गते निर्वाचन हुने भएकाे छ।

संबन्धित शिर्षकहरु

भूकम्पपछि भेनेजुएलामा मानवीय सङ्कट गहिरिँदै गएको राष्ट्रसंघको भनाइ

अल्जेरियालाई हराउँदै स्विट्जरल्यान्ड विश्वकपको अन्तिम १६ मा

क्रोएसियालाई हराउँदै पोर्चुगल विश्वकपको अन्तिम १६ मा