उच्च पहाडी तथा हिमाली एक/दुई ठाउँमा हल्का वर्षासहित हिमपातको सम्भावना

lxdkftn] ls;fg v';L l;dsf]6, !* df3 M x'Dnf a'waf/ /flt ePsf] lxdkft . t];|f]k6s lxdkft x'Fbf ls;fg v';L ePsf 5g . tl:a/ M bfg] af]x/f÷/f;;

काठमाडौं, २२ पौष :  आज कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली क्षेत्रका एक/दुई ठाउँमा हल्का वर्षासहित हिमपातको सम्भावना छ । यी चार वटा प्रदेशसहित देशका पहाडी तथा हिमाली क्षेत्रमा आज मौसम आंशिक बदली छ ।

तराई क्षेत्रमा धेरैजसो ठाउँमा बाक्लो हुस्सु र कुहिरो लागेको छ । तराईमा लगातारको बाक्लो हुस्सु र कुहिरोले जनजीवन प्रभावित हुँदै आएको छ । चिसोका कारण विपन्न वर्ग, मजदुर बढी मर्कामा परेका छन् । बालबालिका, वृद्धवृद्धा बिरामी पर्नेक्रम बढेको छ ।

तराईका झापा, रौतहट, नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दियालगायतका जिल्लामा निरन्तरको बाक्लो हुस्सु र कुहिरोका कारण जनजीवन प्रभावित भएको हो । केही पालिकाले दाउरा र कम्बल वितरण गरे पनि राहत पर्याप्त नभएको गुनासो छ । देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

उच्च पहाडी तथा हिमाली क्षेत्रका एक/दुई ठाउँमा हल्का वर्षासहित हिमपातको सम्भावना साथै तराईमा हुस्सु/कुहिरो हुँदा दैनिक जनजीवन, पर्यटन, स्वास्थ्य तथा सडक यातायातमा आंशिक प्रभाव पर्न सक्ने हुँदा आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध पनि गरेको छ ।

आज काठमाण्डौ उपत्यकामा न्यूनतम तापक्रम हिजोको भन्दा घटेसँगै चिसो थप बढेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान पौने ६ बजे काठमाण्डौमा न्यूनतम तापक्रम ३.४ डिग्री सेल्सियस मापन भएको छ । हिजो काठमाण्डौको न्यूनतम तापक्रम ३ दशमलव ५ डिग्री सेल्सियसमा रहेको थियो ।

संबन्धित शिर्षकहरु

आज पनि सुनको भाउ घट्यो

पर्सि देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना : बढ्दो गर्मीबाट केही राहत पुग्ने

इबोला भाइरसविरुद्धको खोप विकास गरेको रुसको दाबी