चितवन, २४ पौष : आइएमई लाइफ इन्स्योरेन्स कम्पनीमा कार्यरत एजेन्सी म्यानेजर लोक राज सापकोटा सन् २०२६ को लागि मिलियन डलर राउण्ड टेबल (एमडीआरटी) बन्न सफल भएका छन् ।
सामाजिक कार्यमा संलग्न सापकोटा एमडीआरटीको लक्ष्यमा सफल भएका हुन् । भरतपुरमा रहेको प्रेमबस्ती माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समितिको पुर्व अध्यक्ष समेत रहेका सापकोटाले जीवन बीमामा काम गर्दा आँफुले धेरै जना परिवारका भविष्य सुरक्षित बनाएको भन्दै पेशा प्रति गर्व लाग्ने बताए । “अब २०२७ शुरु भयो अब काम शुरु गरेसके ” उनले भने ।
सापकोटा आइएमई लाइफ इन्स्योरेन्स हाकिम चोक शाखामा एजेन्सी म्यानेजरको रुपमा आबद्ध छन् । उनी भरतपुरको टाइगर टोल सुधार समितिको पुर्व अध्यक्ष समेत हुन् ।





