शेयर बजार साढे ४ अङ्कले बढ्दा ४ अर्ब ९० करोडको कारोबार

काठमाडौं, २४ पौष : हिजो घटेको शेयर बजार आज सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ४ दशमलव ५९ अङ्कले बढेर २ हजार ६ सय ४० दशमलव ५४ विन्दुमा पुगेको छ । आज फाइनान्स, लगानी, माइक्रोफाइनान्स, म्युचल फन्ड, अन्य र व्यापार बाहेक सबै समूहको शेयर सामान्य बढेको छ । आज १ सय २९ वटा कम्पनीको शेयर बढेकोमा १ सय १५ वटाको घटेको छ ।

यस्तै १५ वटा कम्पनीको शेयर घटबढ भएको छैन । आज सान्भी इनर्जी कम्पनीको शेयर सबैभन्दा धेरै ८ दशमलव १६ प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन सुपर माई हाइड्रोपावर कम्पनीको शेयर सबैभन्दा धेरै ३ दशमलव ९० प्रतिशतले घटेको छ । आज नेप्से बढे पनि कारोबार रकम भने घटेको छ ।

हिजो ५ अर्ब १७ करोडको कारोबार भएकोमा आज ३ सय २८ वटा कम्पनीका १ करोड ४ लाख कित्ता शेयर ४ अर्ब ९० करोड रुपैयाँमा किनबेच भएको छ ।

संबन्धित शिर्षकहरु

भूकम्पपछि भेनेजुएलामा मानवीय सङ्कट गहिरिँदै गएको राष्ट्रसंघको भनाइ

अल्जेरियालाई हराउँदै स्विट्जरल्यान्ड विश्वकपको अन्तिम १६ मा

क्रोएसियालाई हराउँदै पोर्चुगल विश्वकपको अन्तिम १६ मा