अमेरिकाको क्यालिफोर्नियामा ३० हजारभन्दा धेरै स्वास्थ्यकर्मी हडतालमा

Kaiser Permanente nurses and health workers represented by the United Nurses Associations of California/Union of Health Care Professionals picket outside Kaiser's Oakland Medical Center on the first day of an open-ended strike Monday, Jan. 26, 2026. (Jessica Flores/San Francisco Chronicle via AP)

काठमाडौं, १४ माघ : अमेरिकाको क्यालिफोर्निया राज्यमा काइजर पर्मानेन्टे नामक स्वास्थ्य सेवा संस्थामा कार्यरत ३० हजारभन्दा धेरै स्वास्थ्यकर्मीले हडताल गरेका छन् । यो हडताल अमेरिकाको सबैभन्दा ठूलो गैरनाफामुखी स्वास्थ्य सेवा प्रणालीमा देखिएको पछिल्लो श्रमिक आन्दोलन भएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

क्यालिफोर्निया संयुक्त नर्स सङ्घ तथा स्वास्थ्य सेवा पेशाकर्मी सङ्घअन्तर्गत रहेका झन्डै ३१ हजार कर्मचारी हडतालमा सहभागी छन् । हडतालमा दर्ता प्राप्त नर्स, एनेस्थेसिया विशेषज्ञ, औषधि विज्ञ, पोषण विज्ञ तथा अन्य विशेषज्ञ स्वास्थ्यकर्मी सहभागी छन् । उत्तरी क्यालिफोर्नियाका रोजभिल, सान्ता क्लारा र ओकल्यान्डमा रहेका प्रमुख अस्पतालहरूमा प्रदर्शन भइरहेको छ । ओकल्यान्डमै काइजर पर्मानेन्टेको केन्द्रीय कार्यालय रहेको छ । उनीहरुले उत्तरी र दक्षिणी क्यालिफोर्नियाका अन्य क्षेत्रमा पनि आन्दोलन विस्तार गर्ने चेतावनी दिएका छन् । लामो समयदेखि श्रम सम्झौतासम्बन्धी वार्ता रोकिएपछि हडताल शुरु भएको हो ।

यसअघि मार्च महिनामा पाँच दिनसम्म चलेको हडतालमा पश्चिमी अमेरिकाका विभिन्न राज्यका ४० हजारभन्दा बढी कर्मचारी सहभागी भएका थिए । श्रमिक सम्झौता मार्च ३० तारिखमा समाप्त भएको थियो भने वार्ता सात महिनाभन्दा बढी समयदेखि जारी छ । युनियन नेताहरूका अनुसार तलब वृद्धि, दीर्घकालीन कर्मचारी अभाव, कार्यस्थलको सुरक्षा र बढ्दो थकानजस्ता विषयमा सहमति नजुटेकाले हडतालको निर्णय गरिएको हो । युनियनले चार वर्षमा कुल २५ प्रतिशत तलब वृद्धि माग गरेको छ भने काइजर पर्मानेन्टेले २१.५ प्रतिशत तलब वृद्धि प्रस्ताव गरेको छ, जसलाई संस्थाले अहिलेसम्मकै सबैभन्दा बलियो प्रस्ताव भनेको छ ।

संबन्धित शिर्षकहरु

भूकम्पपछि भेनेजुएलामा मानवीय सङ्कट गहिरिँदै गएको राष्ट्रसंघको भनाइ

अल्जेरियालाई हराउँदै स्विट्जरल्यान्ड विश्वकपको अन्तिम १६ मा

क्रोएसियालाई हराउँदै पोर्चुगल विश्वकपको अन्तिम १६ मा