विमान दुर्घटनामा भारतको महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारको निधन

काठमाडौं, १४ माघ : विमान दुर्घटनामा भारतको महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारको निधन भएको छ । आज बिहान बारामतीमा उहाँ चढेको निजी विमान दुर्घटना भएको थियो ।

दुर्घटनालगत्तै गम्भीर घाइते उहाँको निधन भएको भारतीय सञ्चारमाध्यम हिन्दुस्तान टाइम्सले जनाएको छ । यस्तै विमान दुर्घटनामा उपमुख्यमन्त्रीको सुरक्षामा खटिएका दुई जना सुरक्षाकर्मी र दुई जना पाइलटको पनि ज्यान गएको खबरमा उल्लेख छ । पवार जिल्ला परिषद् चुनावका लागि सभालाई सम्बोधन गर्न त्यसतर्फ जाँदै हुनुहुन्थ्यो । विमान मुम्बईबाट उडेको थियो ।

बीबीसी हिन्दीका अनुसार बारामती विमानस्थलमा अवतरणका क्रममा विमान दुर्घटनाग्रस्त भएको र आगो लागेको थियो । यसैबीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहित अन्य नेताहरूले विमान दुर्घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ ।

संबन्धित शिर्षकहरु

आज सुनचाँदीको भाउ बढ्यो

वर्षा, हावाहुरी र चट्याङको जोखिम रहेकाले सावधानी अपनाउन प्राधिकरणको आग्रह

शान्ति प्रक्रियामा महिलाको अर्थपूर्ण सहभागिता अनिवार्यः संयुक्त राष्ट्रसंघ महासचिव गुटेरेस