जहाँ उभियो त्यहीँ एमालेको विकास देखिन्छ : अध्यक्ष ओली

काठमाडौं, ११ फागुन : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जहाँकहीँ उभिएर वरपरि हेर्दा त्यहाँ एमालेले गरेको विकास देखिने जिकिर गर्नुभएको छ । झापाको दमकमा आज आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमालेले एक ठाउँमा गएर अर्को ठाउँमा गरेको विकास सुनाउन नपर्ने बताउनुभयो ।

तर विकास भएको देख्दादेख्दै पनि मानिसहरूले अहिलेसम्म के गर्‍याै भनेर प्रश्न गरेको उहाँकाे गुनासो छ । अध्यक्ष ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वरिष्ठ नेता बालेन्द्र शाहलाई लक्षित गर्दै ख्यालख्यालमा आफूलाई प्रधानमन्त्री घोषणा गरेको भन्दै कटाक्ष गर्नुभयो । उहाँले भन्नुभयो, ’बच्चाबच्चीलाई सोध्यो भने उसले प्रधानमन्त्री पनि भन्न सक्छ ।

राष्ट्रपति पनि भन्न सक्छ । तर त्यो बच्चो भइहाल्ने त होइन नि । उसले आफूलाई घोषणा गरिदिन्छ । यस्तै मान्छेहरूलाई लाग्यो । ख्यालख्याल जस्तो लाग्यो मान्छेहरूलाई ।’

संबन्धित शिर्षकहरु

भूकम्पपछि भेनेजुएलामा मानवीय सङ्कट गहिरिँदै गएको राष्ट्रसंघको भनाइ

अल्जेरियालाई हराउँदै स्विट्जरल्यान्ड विश्वकपको अन्तिम १६ मा

क्रोएसियालाई हराउँदै पोर्चुगल विश्वकपको अन्तिम १६ मा