अमेरिकाको पूर्वी क्षेत्रमा शक्तिशाली हिमआँधी : ५ हजारभन्दा धेरै उडान रद्द

Christa Prince shovels snow during a blizzard in the borough of Brooklyn, New York, on Monday, Feb. 23, 2026. (AP Photo/Drew Callister)

काठमाडौं, १२ फागुन : अमेरिकाको पूर्वी क्षेत्रमा शक्तिशाली हिमआँधीका कारण ५ हजारभन्दा धेरै उडान रद्द भएका छन् । हिमपातले लाखौँ मानिस प्रभावित भएका छन् । शक्तिशाली हिमआँधीका कारण यातायात, विद्युत् र हवाई सेवामा अवरोध आएको बीबीसीले जनाएको छ ।

रोड आइल्यान्ड र म्यासाचुसेट्सका केही भागमा झन्डै ३३ इन्चसम्म हिमपात भएको अमेरिकी राष्ट्रिय मौसम सेवाले जनाएको छ । साथै न्यूयोर्कको सेन्ट्रल पार्कमा १९ इन्चभन्दा धेरै हिउँ जमेको छ । यसबाट यात्रामा जोखिम रहेको भन्दै राज्यले चेतावनी दिएको छ । पूर्वी तटका विभिन्न राज्यमा गरी ६ लाखभन्दा धेरै घरधुरी तथा व्यवसाय विद्युत् आपूर्तिबाट वञ्चित भएका छन् । विशेषगरी न्यूजर्सी र म्यासाचुसेट्स सबैभन्दा धेरै प्रभावित भएका छन् ।

संबन्धित शिर्षकहरु

आज सुनचाँदीको भाउ बढ्यो

वर्षा, हावाहुरी र चट्याङको जोखिम रहेकाले सावधानी अपनाउन प्राधिकरणको आग्रह

शान्ति प्रक्रियामा महिलाको अर्थपूर्ण सहभागिता अनिवार्यः संयुक्त राष्ट्रसंघ महासचिव गुटेरेस