असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड

प्रम दाहाल काठमाडौँ, २४ पुस : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मङ्गलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी लगायत मन्त्रालयका सचिव, मन्त्रालयसँग सम्बन्धित अन्य मन्त्रालयका प्रतिनिधिलाई वैदेशिक रोजगारीमा देखिएका समस्याका समाधान गर्न निर्देशन दिनुहुँदै। तस्बिर : रत्न श्रेष्ठ/रासस

काठमाडौं, १४ फागुन : नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य रहेको बताउनुभएको छ ।

पार्टीको निर्वाचन परिचालन समितिले आज काठमाण्डौमा आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले थुप्रै संशय र विवादकाबीच चुनाव सुनिश्चित भएको र यसले देशलाई नयाँ दिशा दिने विश्वास व्यक्त गर्नुभयो ।

चुनाव सम्पन्न हुन अब एक हप्ता मात्र बाँकी रहेको अवस्थामा सिङ्गै देश चुनावी प्रक्रियामा होमिएको प्रचण्डको भनाइ छ । यो चुनावलाई सफल पार्नु सबै तह र तप्काको साझा जिम्मेवारी रहेकोमा उहाँको जोड छ । फागुन २१ मा हुने चुनावका लागि नेकपाले आज आफ्नो चुनावी अपिल पनि सार्वजनिक गरेको छ ।

संबन्धित शिर्षकहरु

भूकम्पपछि भेनेजुएलामा मानवीय सङ्कट गहिरिँदै गएको राष्ट्रसंघको भनाइ

अल्जेरियालाई हराउँदै स्विट्जरल्यान्ड विश्वकपको अन्तिम १६ मा

क्रोएसियालाई हराउँदै पोर्चुगल विश्वकपको अन्तिम १६ मा