पहाडी र हिमाली भेगका केही ठाउँमा आज पनि हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं, १५ फागुन : केही दिनदेखि मौसम बदली भएर हिमाली तथा पहाडी भेगका केही ठाउँमा दिनहुँजसो हल्का वर्षा र हिमपात हुने गरेको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार हिजो सिन्धुपाल्चोक, भक्तपुर, काठमाण्डौ, नुवाकोट, चितवन, स्याङ्जा र डोटीका केही क्षेत्रमा वर्षा भएको छ ।

विभिन्न उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात पनि भएको छ । पछिल्लो तीन दिनदेखि नेपालमा पश्चिमी न्यून चापीय प्रणालीका कारण बदली तथा वर्षा र हिमपात भइरहेको छ । आज र भोलि पनि बदली र वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार पश्चिमभन्दा पूर्वमा बढी बदली हुनेछ ।

आज बिहान तराई भूभागका केही ठाउँहरुमा बिहानको समयमा हुस्सु लागेको छ । आज कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी र हिमाली भूभागका थोरै ठाउँ तथा बाँकी प्रदेशका पहाडी र हिमाली भू–भागका एक, दुई ठाउँमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।

संबन्धित शिर्षकहरु

आज सुनचाँदीको भाउ बढ्यो

वर्षा, हावाहुरी र चट्याङको जोखिम रहेकाले सावधानी अपनाउन प्राधिकरणको आग्रह

शान्ति प्रक्रियामा महिलाको अर्थपूर्ण सहभागिता अनिवार्यः संयुक्त राष्ट्रसंघ महासचिव गुटेरेस