४३ वटा संस्थालाई प्रतिनिधिसभा चुनाव पर्यवक्षेणको अनुमति

काठमाडौं, १५ फागुन : प्रतिनिधिसभा चुनावको ४३ वटा संस्थाले पर्यवेक्षण गर्ने भएका छन् । निर्वाचन आयोगले ३ वटा अन्तर्राष्ट्रिय र ४० वटा राष्ट्रिय गरी ४३ संस्थालाई पर्यवक्षेणको लागि अनुमति दिएको छ । आयोगले ४० वटा राष्ट्रिय पर्यवेक्षण संस्थालाई प्रशिक्षण पनि दिइसकेको छ ।

आचारसंहिता अनुगमन तथा पर्यवेक्षण समितिका संयोजक समेत रहनु भएका आयुक्त सगुन शमशेर जबराले तोकिएको आधार र प्रक्रिया पूरा गरेका ३ अन्तर्राष्ट्रिय र ४० वटा राष्ट्रिय संस्थाहरुले चुनावको पर्यवेक्षण गर्ने जानकारी दिनुभयो ।

त्यसैगरी आयोगको निमन्त्रणामा विभिन्न देशका निर्वाचन आयुक्त सहित १५ जना विदेशी पाहुना पनि निर्वाचन पर्यवेक्षणको लागि आउने भएका छन् ।

संबन्धित शिर्षकहरु

आज पनि सुनको भाउ घट्यो

पर्सि देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना : बढ्दो गर्मीबाट केही राहत पुग्ने

इबोला भाइरसविरुद्धको खोप विकास गरेको रुसको दाबी