कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौं, ६ चैत्र : प्रतिनिधिसभा सदस्य चुनावको समीक्षा गर्न नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । बैठकले पार्टी सभापति गगन थापाले दिनुभएको राजीनामा अस्वीकृत गर्ने नेताहरूले बताएका छन् ।

चुनावी पराजयपछि थापाले नैतिकताका आधारमा राजीनामा दिनुभएको थियो । आज दिउँसो बस्ने बैठकमा चुनावमा पार्टीको पराजय र सभापति थापाको राजीनामाबारे छलफल हुने कांग्रेसले जनाएको छ । पार्टीमा विद्रोह गर्दै विशेष महाधिवेशनमार्फत कांग्रेस नेतृत्वमा आएका थापा चुनावमा आफूसहित पार्टीले पराजय व्यहोरेपछि नैतिक दबावमा हुनुहुन्छ ।

थापाले अहिलेको परिस्थितिमा राजीनामा दिन नहुने संस्थापन पक्षका नेताहरूको मत छ । पूर्वसंस्थापन समूहका नेताहरूले भने विशेष महाधिवेशनको औचित्य नै समाप्त भइसकेकोले पार्टीलाई त्यस अगाडिकै हैसियतबाट अगाडि बढाउनुपर्ने माग गरिरहेका छन् ।

संबन्धित शिर्षकहरु

भूकम्पपछि भेनेजुएलामा मानवीय सङ्कट गहिरिँदै गएको राष्ट्रसंघको भनाइ

अल्जेरियालाई हराउँदै स्विट्जरल्यान्ड विश्वकपको अन्तिम १६ मा

क्रोएसियालाई हराउँदै पोर्चुगल विश्वकपको अन्तिम १६ मा