सुनको भाउ एकैदिन १२ हजार ५०० रुपैयाँले घट्यो

काठमाडौं, ८ चैत्र : सुनको भाउ आज एकैदिन १२ हजार ५०० रुपैयाँले घटेको छ । कारोबार हुने हप्ताको पहिलो दिन आज आइतवार सुन १२ हजार ५०० ले घटेर तोलाको २ लाख ८२ हजार रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हप्ताको अन्तिम कारोबार दिन अस्ति शुक्रवार पनि ७ हजार ८०० ले घटेर सुन तोलाको २ लाख ९४ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । गएको बुधवार सुनको भाउ तोलाको ३ लाख ७ हजार ७०० रुपैयाँ रहेको थियो । त्यसयता सुनकाे भाउ लगातार घटेको हो । त्यस्तै आज चाँदीको भाउ पनि घटेको छ ।

अस्ति शुक्रवार तोलाको ४ हजार ८९५ रुपैयाँमा कारोबार भइरहेको चाँदीकाे भाउ आज ३५५ रुपैयाँले घटेको हो । आज चाँदीको भाउ तोलाको ४ हजार ५४० रुपैयाँ रहेको महासङ्घले जनाएको छ ।

संबन्धित शिर्षकहरु

भूकम्पपछि भेनेजुएलामा मानवीय सङ्कट गहिरिँदै गएको राष्ट्रसंघको भनाइ

अल्जेरियालाई हराउँदै स्विट्जरल्यान्ड विश्वकपको अन्तिम १६ मा

क्रोएसियालाई हराउँदै पोर्चुगल विश्वकपको अन्तिम १६ मा