साफ यु–२० च्याम्पियनसिपमा नेपालको विजयी शुरुआत

काठमाडौं, १० चैत्र : नेपालले साफ २० वर्षमूनीको च्याम्पियनसिपमा विजयी शुरुआत गरेको छ । माल्दिभ्सको मालेमा हिजोदेखि शुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा नेपालले भुटानलाई २–१ ले हरायो । भुटानसँगको खेलमा नेपालका लागि सुजन डंगोल र सुवास बमले गोल गरे ।

भुटानका लागि ढेन्डुप गेल्टशेनले एक गोल फर्काए । खेलको १४औं मिनेटमा थिन्ले एजर दोहोरो पहेँलो कार्ड खाँदै मैदान बाहिरिएपछि भुटान १० खेलाडीमा सीमित भयो । जितसँगै नेपालले प्रतियोगितामा ३ अंक जोडेको छ ।

नेपाल समूह ‘ए’ मा आयोजक माल्दिभ्स, भुटान र श्रीलंकासँग रहेको छ भने अर्को समूहमा भारत, पाकिस्तान र बंगलादेश छन् । राउन्ड रोबिन लिगपछि दुवै समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । नेपालले अब आफ्नो दोस्रो खेल बुधबार श्रीलंकासँग खेल्नेछ ।

संबन्धित शिर्षकहरु

आज सुनचाँदीको भाउ बढ्यो

वर्षा, हावाहुरी र चट्याङको जोखिम रहेकाले सावधानी अपनाउन प्राधिकरणको आग्रह

शान्ति प्रक्रियामा महिलाको अर्थपूर्ण सहभागिता अनिवार्यः संयुक्त राष्ट्रसंघ महासचिव गुटेरेस