इरानको प्रमुख इन्धन केन्द्र खार्ग टापु सजिलै कब्जा गर्न सक्ने ट्रम्पको दाबी

President Donald Trump

काठमाडौं, १६ चैत : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको प्रमुख इन्धन केन्द्र खार्ग टापु सजिलै कब्जा गर्न सक्ने दाबी गर्नुभएको छ । फाइनान्सियल टाइम्ससँगको अन्तर्वार्तामा ट्रम्पले ‘इरानको तेल लिन’ खार्ग टापु कब्जा गर्न सक्ने बताउनुभएको हो ।

उहाँले अझै केही समयका लागि खार्ग टापुमा बस्नु पर्ने हुन सक्ने पनि बताउनुभएको छ । राष्ट्रपति ट्रम्पको पछिल्लो टिप्पणी मध्यपूर्वमा थप ३ हजार ५०० अमेरिकी सेना आइपुगेको बेला आएको हो । खार्ग टापु इरानको दक्षिणी भागमा पर्सियन खाडीमा अवस्थित सानो तर अत्यन्तै रणनीतिक महत्त्वको क्षेत्र हो । यो विशेषगरी इरानको तेल निर्यातको मुख्य केन्द्रका रूपमा परिचित छ । मध्यपूर्वमा तनाव कायम रहँदा तेलको भाउ फेरि बढेको छ । तेलको भाउ बढेर प्रति ब्यारेल ११५ डलरभन्दा माथि पुगेको छ । ब्रेन्ट कच्चा तेलको मूल्य ११५.८४ डलर छ, जुन २.९ प्रतिशतले बढेको हो ।

गएको फेब्रअरी २८ तारिख अघि तेलको भाउ लगभग प्रति ब्यारेल ७२ डलरमा कारोबार भइरहेको थियो । तर अमेरिका र इजरायलले इरानमाथि आक्रमण थालेपछि भाउ निरन्तर उतारचढाव भइरहेको छ ।

संबन्धित शिर्षकहरु

आज सुनचाँदीको भाउ बढ्यो

वर्षा, हावाहुरी र चट्याङको जोखिम रहेकाले सावधानी अपनाउन प्राधिकरणको आग्रह

शान्ति प्रक्रियामा महिलाको अर्थपूर्ण सहभागिता अनिवार्यः संयुक्त राष्ट्रसंघ महासचिव गुटेरेस