सङ्घीय संसद्काे दुवै सदनकाे अधिवेशन भोलिदेखि अन्त्य हुने

काठमाडौं, २६ चैत : सङ्घीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने भएको छ । राष्ट्रपति कार्यालयकाअनुसार भोलि राति १२ बजेदेखि दुवै सदनको अधिवेशन अन्त्य हुनेछ । चैत २४ गतेको मन्त्रिपरिषद्को सिफारिशअनुसार राष्ट्रपति रामचन्द्र पौडेलले दुवै सदनको चालू अधिवेशन अन्त्य गर्नुभएको हो ।

यसैबीच राष्ट्रपति रामचन्द्र पौडेलले भोलि सङ्घीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्नुहुनेछ । चुनावपछिको सङ्घीय संसद्को पहिलो अधिवेशनलाई राष्ट्रपतिले सम्बोधन गर्ने व्यवस्था छ ।

 

संबन्धित शिर्षकहरु

आज सुनचाँदीको भाउ बढ्यो

वर्षा, हावाहुरी र चट्याङको जोखिम रहेकाले सावधानी अपनाउन प्राधिकरणको आग्रह

शान्ति प्रक्रियामा महिलाको अर्थपूर्ण सहभागिता अनिवार्यः संयुक्त राष्ट्रसंघ महासचिव गुटेरेस