आज र भोलि पहाडमा वर्षा तथा तराईमा गर्मी बढ्ने अनुमान

काठमाडौं, ४ बैशाख : केही दिनयता गर्मी बढेको छ । आज र भोलि तराईमा अझै गर्मी बढ्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई लगायत अरू केही भूभागमा तातो दिन हुने सम्भावना रहेको छ । यस्तै भोलि लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई लगायत अरू केही भूभागमा तातो दिन हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आज कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका थोरै ठाउँहरूमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका एक/दुई ठाउँमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ । यस्तै भोलि कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका थोरै ठाउँहरूमा तथा लुम्बिनी प्रदेशको पहाडी र हिमाली भूभाग लगायत कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका एक/दुई ठाउँमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

संबन्धित शिर्षकहरु

भूकम्पपछि भेनेजुएलामा मानवीय सङ्कट गहिरिँदै गएको राष्ट्रसंघको भनाइ

अल्जेरियालाई हराउँदै स्विट्जरल्यान्ड विश्वकपको अन्तिम १६ मा

क्रोएसियालाई हराउँदै पोर्चुगल विश्वकपको अन्तिम १६ मा