आईसीसी महिला च्यालेन्ज ट्रफी : नेपालले आज अमेरिकासँग खेल्दै

काठमाडौं, ५ बैशाख : आईसीसी महिला टी–२० च्यालेन्ज ट्रफीकाे आफ्नाे पहिलाे खेलमा नेपालले आज अमेरिकासँग खेल्दैछ । यो खेल नेपाली समयअनुसार बेलुका पौने ५ बजे रुवान्डामा शुरू हुनेछ । नेपाली महिला टोलीले पहिलो पटक रुवान्डामा खेल्न लागेको हो ।

प्रतियोगितामा नेपाल र अमेरिकासहित इटाली, रुवान्डा र भानुआतु छन् । सबै टाेलीले एकअर्कासँग दुई पटक खेल्नेछन् ।अङ्क तालिकाकाे शीर्ष स्थानमा रहने टाेली विजेता बन्नेछ । आजदेखि शुरू भएकाे प्रतियोगिता वैशाख १८ गतेसम्म चल्नेछ ।

आईसीसीले पहिलाे पटक याे प्रतियाेगिता आयाेजना गरेकाे हाे । नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीलाई नेपाल क्रिकेट सङ्घ (क्यान) ले गएको बुधवार बिदाइ गरेको थियो ।

संबन्धित शिर्षकहरु

‘मेटा’ले ठूलो संख्यामा कर्मचारी कटौती गर्दै

अदालतको फैसलाले पार्टीलाई एकताबद्ध र साझा यात्राका लागि वातावरण सिर्जना गर्‍याे : सभापति थापा

आईसीसी महिला च्यालेन्ज ट्रफी : नेपालले आज अमेरिकासँग खेल्दै