त्रिभुवन विमानस्थलबाट अमेरिक नागरिक पक्राउ

काठमाडौं, ५ बैशाख : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ परेका छन्। पक्राउ पर्नेमा ४६ वर्षीय ओग्नियन पेट्रोभ रहेका छन्। उनलाई गाँजा/भाँगोको १.२५ लिटर तेल बोकेको आरोपमा प्रहरीले पक्राउ गरेको हो। शुक्रबार एयर इन्डियाको एआई २१८ नम्बरको जहाँजबाट भारत उड्न लागेको समयमा उनी पक्राउ परेका थिए।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयको टोलीले पक्राउ गरी पेट्रोभलाई लागूऔषध अनुसन्धान व्यूरोलाई जिम्मा लगाएको छ।

संबन्धित शिर्षकहरु

आज सुनचाँदीको भाउ बढ्यो

वर्षा, हावाहुरी र चट्याङको जोखिम रहेकाले सावधानी अपनाउन प्राधिकरणको आग्रह

शान्ति प्रक्रियामा महिलाको अर्थपूर्ण सहभागिता अनिवार्यः संयुक्त राष्ट्रसंघ महासचिव गुटेरेस