चितवन समाज आयरल्याण्डको अध्यक्षमा विकास पण्डित चयन

चितवन, ९ वैशाख : चितवन समाज आयरल्याण्डको मंगलबार डब्लिनमा सम्पन्न तेस्रो अधिवेशनबाट युवा व्यवसायी विकास पण्डितको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरिएको छ । संस्थाका निवर्तमान अध्यक्ष डोलनाथ उप्रेती ( अन्तिम ) को अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि चितवन समाज पोर्चुगलका पूर्व अध्यक्ष रवि अर्याल रहनुभएको थियो ।

अधिवेशनबाट उपाध्यक्षमा केशव क्षेत्री, महासचिवमा मुकुन्द भुसाल, सचिवमा ज्योत्सना अधिकारी र कोषाध्यक्षमा मोनिका दवाडीलाई चयन गरिएको छ । यसैगरी सदस्यहरुमा सुमन भुर्तेल, गणेश न्यौपाने, सन खत्री, उत्तम देवकोटा, कमला अधिकारी र कनुजा शर्मा चयन भएका छन् । संस्थाको सल्लाहकार, एक उपाध्यक्ष र केहि सदस्यहरू पहिलो बैठकबाट चयन गरिने महासचिव भुसालले जानकारी दिनुभयो । नवनिर्वाचित अध्यक्ष पण्डित एनआरएनए आयरल्याण्डका सचिव समेत हुनुहुन्छ ।

चितवन मूल घर भएका र हाल कामकाज वा अध्ययनका उदेश्यले युरोपेली राष्ट्र आयरल्याण्डमा बसोबास गर्ने नेपालीहरुको साझा संस्था चितवन समाज आयरल्याण्डको स्थापना सन् २०१६ मा भएको थियो ।

संबन्धित शिर्षकहरु

लगातार ३ दिन घटेकाे शेयर बजार आज सामान्य बढ्याे

राखेपले एन्फामाथिकाे निलम्बन फुकुवा गर्‍याे

बढ्दो बेरुजुप्रति राष्ट्रपतिको चिन्ता, सार्वजनिक निकायलाई जवाफदेही बन्न निर्देशन