आज पनि सुनचाँदीको भाउ घट्यो

काठमाडौं, १० बैशाख : आज पनि सुनचाँदीको भाउ घटेको छ । हिजोको तुलनामा आज सुनको भाउ तोलामा एक हजार ८०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।  हिजो तोलाको ३ लाख ५०० रुपैयाँमा कारोबार भइरहेको सुन आज एक हजार ८०० रुपैयाँले घटेर २ लाख ९८ हजार ७०० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ । आज चाँदीको मूल्य पनि ११० रुपैयाँले घटेर तोलाको ५ हजार २० रुपैयाँमा कारोबार भइरहेको छ ।

संबन्धित शिर्षकहरु

गर्मी बढ्दै, केही ठाउँमा पानी पर्ने सम्भावना

इरानसँग हतारमा सम्झौता नगर्न वार्ताकारहरुलाई ट्रम्पको निर्देशन

भारतमा अत्यधिक गर्मीका कारण १६ जनाको ज्यान गयो, तापक्रम ४६ डिग्रीभन्दा माथि